लिटिल इन्जलको फाईनल ९ गते

1.3K

लिटिल इन्जलको फाईनल ९ गते

बुटवल, ७ फागुन । बुटवलमा संचालित दोस्रो लिटिल इन्जल २०७३ को फाईनल प्रतियोगिता फागुन ९ गते हुने भएको छ । स्कुले बालिकाहरु भित्र रहेको प्रतिभालाई उजागार गराउने उद्देश्यले लियो क्लव अफ बुटवलले आयोजना गरेको प्रतियोगिताको फाईनलमा ३७ जनाले प्रतिस्प्रर्धा गर्दै छन् ।

क्लवले आज बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा क्लवकी अध्यक्ष एलिजा तुलाधरले कक्षा ३ देखि ७ सम्मका विद्यार्थीको सहभागिताका आधारमा गरिईएको प्रतियोगिताको अडिशन माघ १९ गतेदेखि सुरु भएको र अडिशनमा ५ सयबढी बालिकाले सहभागिता जनाएको बताउनुभयो ।

प्रतियोगितामा बालिकाहरुले आफुमा भएका जस्तोजुकै प्रतिभा देखाउन सक्ने उल्लेख गर्दै उहाँले तालिम, फोटो सुट, ट्यालेन्ट राउण्ड लगायतका कार्यक्रमहरु गरिएको बताउनुयो । प्रतियोगिता सम्पन्न पार्नका लागि झण्डै तीन लाखबढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद तथा गिफ्ट हेम्परहरु हात पार्ने प्रतियोगिताका कोरियोग्राफर रेशम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत आज ट्यालेन्ट राउण्ड भएको छ भने आउने सोमबार फाईनल राउण्ड हुने बताइएको छ । पत्रकार सम्मेलन क्लवका प्रथम उपाध्यक्ष महेश खनालको सञ्चालनमा भएको थियो ।