बुटवल, फागुन । निजामती कर्मचारी युनियन संघ रुपन्देहीकोे जिल्ला अधिवेशनबाट नयां नेतृत्व चयन भएको छ । जिल्ला अध्यक्ष मोहन कुमार नेपालको अध्यक्षतामा भएको अधिवशेनबाट सर्बसम्मत रुपमा पदाधिकारी कार्यसमिति चयन भएको हो । निर्वाचन समितिका अनुशार युनियन संघको आगामी तिन वर्षे कार्याकालका लागि पुन मोहन नेपालको अध्यक्षतामा कार्य समिति चयन भएको हो । खुला उपाध्यक्षमा झविन्द पौडेल, महिला उपाध्यक्षमा भगवती पन्थी,समावेशी उपाध्यक्षमा अब्दुल मजिद खान,सचिवमा कृष्ण सुवेदी, सहसचिवमा केशव प्रसाद ढकाल र सहसचिवमा याम वहादुर जिसी निर्विरोध चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा अच्यूत भट्टराई,विरेन्द्र गौतम,रविन कुमार जिसी,चन्द्रकान्त सुवेदी,विन्देश्वरी गुप्ता,दुर्गा प्रसाद अधिकारी,रेखा रिमाल, बसन्ती पोख्रेल रहेका छन् ।
महाधिवशेन प्रतिनिधिमा भने मतदानबाट प्रतिनिधिहरुको टुङगो लगाइएको निर्वाचन अधिकृत राम प्रसाद श्रेष्ठले बताउनु भयो । निर्वाचिन प्रतिनिधिहरुमा लुन्जलाल शाक्य,कविता न्यौपाने,धिरेन्द्रराज सुवेदी,धनश्याम अर्याल र भैरवराज जोशी रहेका छन् । यस अघि अधिवेशनको सांसद तथा नेपाल कांग्रेसका जिल्ला सभापती अब्दुल रज्जाकले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले कर्मचारीहरु नै देश निमार्णमा महत्वपुर्ण भुमिका खेल्न सक्ने भएकाले जिम्मेवारपुर्ण ढंगले काम गर्न सुझाव दिएका थिए । उनिहरुले प्रजातन्त्रको रक्षा गर्नका लागि राष्टसेवक कर्मचारीहरुको आवश्यकता रहेको बताएको युनियन संघका केन्द्रिय सदस्य विष्णु रायमाझीले बताउनु भयो ।