ऐतिहासिक विकासमा साहित्यको योगदान

1.3K

ऐतिहासिक विकासमा साहित्यको योगदान

देवदह । देवदहको ऐतिहासिक विकासमा साहित्यको योगदान महत्वपुर्ण रहेको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले साहित्यमा पे्रम भन्दापनि समाज परिर्वतनका कुराहरु अधिक समावेश गर्न सके साहित्यको सार्थकता रहिरहने बताएका थिए ।

अनुराग साहित्य समाज देवदह रुपन्देहीको आयोजनामा भएको २५ औ रजत श्रृङ्खला तथा रमेश स्मृति पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनीहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा उनीहरुले विचार विनाको साहित्य जिवित नरहने बताउदै साहित्यमा विचारशिलता समावेश हुनुपर्ने बताए । उनीहरुले कलात्मक अभिव्यक्ति नै साहित्य भएको बताउदै साहित्यमा राजनिति हावी हुन नहुने बताएका थिए ।

अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढु¨ानाको अध्यक्षता, वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यिक सर्जक शेखर अस्तिव, समाजसेवी हिराबहादुर खत्री, जीवलाल पराजुली, नमराज पुरी, गुनाखर भुर्तेल, कोलिय साकोसका प्रकाश अर्याल, संस्थाका सल्लाहकार जयकिशन अधिकारी, अपा¨ सेवा समाजका सल्लाहकार बालकुमार श्रेष्ठ, कवि यज्ञप्रसाद न्यौपाने, रेडियो देवदहका संस्थापक स्टेशन म्यानेजर यम राना, चितवनका स्रष्टा प्रकृति प्रेमि, स्वर्गिय रमेश हरिलठ्ठकका भाई राजिव सापकोटा, आमा जयन्ति सापकोटा,उज्यालो लाल्टिनका पुर्व संयोजक स्वतन्त्र नेपाल, रेडियो देवदहका स्टेशन म्यानेजर रमेश पोखरेल, विष्णु पोखरेल, युगिन साहित्य समाजका गणेश न्यौपाने, शुसिल सापकोटा लगायतले मन्तव्य तथा रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा रमेश स्मृति अक्षयकोष मार्फत साहित्यिक सर्जक शेखर अस्तित्वलाई  नगद ३ हजार ३ सय ३३ रुपैया सहित दोसल्ला र प्रमाणप्रत्रले सम्मान गरिएको थियो । साथै कार्यक्रममा संस्थाका आजिवन सदस्य, अनुरागको १३ देखि २५ औ श्रृ◊लामा सहभागिता जनाउने प्रमुख अतिथिहरुलाई प्रमाणप्रत्रले सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष राजु अर्यालको स्वागत, सदस्य श्याम न्यौपानेको संचालन र कोषाध्यक्ष सरस्वति बस्यालको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।