‘महिलालाई आर्थिक समृद्धीको बाटोमा हिडाउन सहकारी’

1.3K

‘महिलालाई आर्थिक समृद्धीको बाटोमा हिडाउन सहकारी’

बुटवल, ९ फागुन । सहकारीलाई बचत गर्ने र ऋण प्रदान गर्ने साघुरो दायरामा सिमित राख्न नहुने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बासुरी कृषि तथा सहकारी संस्था लिमिटेड हर्नैया–८, बोहरा रुपन्देहीको कार्यालय उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीले आत्मनिर्भर हुने क्षेत्रमा लगानी गर्नुपर्ने औल्याएका थिए ।

कार्यलय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सचिव रामकृष्ण खांणले सहकारीलाई बचत र लगानी मात्र सिमित नरही समाजको गरिबी अन्त्य लागि आत्मनिर्भर हुने क्षेत्रमा आफ्ना कार्यक्रमहरु ल्याउन सुझाव दिनुभयो । उहांले कृषि सहकारीको भुमिका उल्लेख्य हुने भन्दै व्यवसायीक खेती, उन्नत विऊ, मल, आधुनिक औजार प्रयोग कृषि उत्पादन बढाउने तर्फ ध्यान दिन आग्रह गर्नुभयो । सचिव खांणले महिलालाई आर्थिक समृद्धीको बाटोमा हिडाउन सहकारीको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्नुभयो ।

सहकारीका अध्यक्ष प्रेम बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस हर्नैया गाविस सभापति नन्दलाल थारु, नेपाल शिक्षक संघ क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य बेलमाया सुवेदी, उद्योगपति बावुराम मुराउ, नेपाली कांग्रेस क्षेत्रीय सदस्य गोपाल पाण्डे, सहकारीका सचिव नन्दलाल थारु ल्गायतले सहकारीलाई सेयर सदस्यको आर्य आर्जन वृद्धिका कार्यक्रम ल्याउन सुझाव दिनु भएको थियो ।