
बुटवल, ९ फागुन । सत्सङ्ग आश्रम निर्माणार्थ रुपन्देहीको बुटवल २२ मोतिपुरस्थित मुक्तेश्वर बैदिक शिव मन्दिरमा सञ्चालित श्रीमद्भागवत धन धान्याञ्चल ज्ञान महायज्ञमा चौथो दिनसम्म ४० लाख भन्दा बढी दान संकलन भएको छ ।
शुक्रबारबाट शुरु भएको महायज्ञको चौथो दिन करिब ८ लाख रुपैयां संकलन भएको आयोजकले जनाएका छन् । सोमबार बुटवल १९ रानीगंजका जायश्वर भुर्तेल परिवारले १ लाख ५ हजार, बुटवल २२ भुड्कैयाका रुकबहादुर गुरुङ परिवारले १ लाख ५१ हजार १ सय ११ रुपैयां दान गरेका महायज्ञका प्रचार संयोजक ग्यामलाल भूसालले जानकारी दिए ।
यस्तै बुटवल ११ रानीबारीका राजु गौडेलले २ लाख १ हजार ११ रुपैयां, रानीबारीकै धर्मु ढकाल परिवारले १ लाख ५१ हजार,बुटवल २२ भुडकैयाका मनु पाण्डे परिवारले १ लाख १ हजार १ सय ११ रुपैयां दान गरेका छन् । यस्तै सोमबार नै अन्य दानदाताबाट १ लाख ५० हजार रुपैयां संकलन भएको महायज्ञका सचिव टोपनारायण घिमिरेले जानकारी दिए । यसअघि तेस्रो दिनसम्म विभिन्न दानदाताहरुबाट करिब ३५ लाख रुपैया संकलन भएको थियो ।
महायज्ञमा ब्रम्हनिष्ठ १ हजार ८ स्वामि बिवेकानन्द सरस्वती महाराजले संगीतमय कथा प्रवचन गरिरहेका छन् । महायज्ञमा दैनिकरुपमा बिहान ६ बजेदेखि नित्य पूजाअर्चना शुरु भई श्रीमद भागवत पाठपारायण, भजनकिर्तन, लक्ष्यवत्ती प्रज्ज्वलन लगायतका धार्मिक कार्यक्रमहरु राति १० बजेसम्म चल्नेसामाजिक कार्यका लागि आयोजित महायज्ञ सफल पार्न सबैको सहयोग आवश्यक रहेको महायज्ञका संयोजक समाजसेवी भीमप्रसाद न्यौपानेले बताए । महायज्ञ फागुन १३ गते शिवरात्रीका दिनसम्म चल्ने महायज्ञबाट करिब ६० लाख रुपैयां संकलन गर्ने लक्ष्य रहेको छ ।