बुटवलमा शैक्षिक मेला लाग्ने

1.3K

बुटवलमा शैक्षिक मेला लाग्ने

बुटवल, १६ फागुन । बुटवलमा शैक्षिक मेला २०१७ लाग्ने भएको छ । फागुनको १८ र १९ गते गरि दुई दिन सम्म कालिकानगरको डेनोभो होटलमा लाग्ने मेलामा प्लस टु देखि पीएचडी सम्म अध्ययन गर्ने विद्यार्थीहरुले परामर्श र भारतीय विभिन्न विश्व विद्यालयका बारेमा जानकारी पाउने बताईएको छ ।

मेला आयोजक संस्था एडुकेयर ईन्ष्टिच्यूट प्रालिले आज बुटवलमा पत्रकार सम्मेलन गरि मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । कार्यक्रममा एडुकेयरका प्रवन्ध निर्देशक करिश्मा पाण्डेले शैक्षिक मेलामा भारतीय चर्चित २० शैक्षिक कलेजका प्रमुखहरुले मेलामा पुग्ने विद्यार्थीहरुलाई परामर्श दिने बताउनुभयो ।

उहाँले शैक्षिक मेला विहान ८ बजेदेखि साँझ ६ बजेसम्म चल्ने मेला सम्पन्न गर्नका लागि आठलाख खर्च लाग्ने र २ हजारबढी विद्यार्थीले अवलोकन गर्ने बताउनुभयो । भारतीय कलेजमा अध्ययनका लागि जाने विद्यार्थीहरुको अन्योलतालाई अन्त्य गर्न मेलाले महत्वपुर्ण भूमिका खेल्ने आयोजकको दावी छ । पत्रकार सम्मेलनमा प्रस्तावित रुपन्देही शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष शुनिल जोशी, प्रथम उपाध्यक्ष रोशन कंडेल लगायतले शैक्षिक मेलाले भारतीय विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गर्न जानेहरुलाई सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रमको संचालन संचारकर्मी सुमन श्रेष्ठले गर्नु भएको थियो ।