माओवादी नेता नारायणकाजी श्रेष्ठ पोर्चुगल आउने

1.3K

माओवादी नेता नारायणकाजी श्रेष्ठ पोर्चुगल आउने

भरत प्रधान/
पोर्चुगल, १७ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश युरोपेली मूलुक पोर्चुगल आउनु हुने भएको छ । पार्टीको प्रवासी सँगठन नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अधिवेशनमा सहभागी हुन नेता श्रेष्ठ यहाँ आउन लाग्नुभएको हो । यही ११ मार्च शनिबारका दिन हुने मञ्चको पाँचौ अधिवेशनलाई सम्बोधन गर्न नेता श्रेष्ठ लिस्बन आउने कार्यक्रम तय भएको नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलका महासचिव डोलराज भण्डारीले जानकारी दिनुभयो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो ।

अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । यहाँ स्थित रहेका नेपाली सँघसंस्था तथा नेपाली समुदायसँग हुने अन्र्तक्रिया कार्यक्रममा समेत नेता श्रेष्ठ सहभागी हुने बताईएको छ । पूर्व उपप्रधानमन्धी तथा पराराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठ दुई साता युरोप भ्रमणमा रहनु हुनेछ ।

नेता श्रेष्ठ बेल्जियम, फ्रान्स, स्पेन, स्वीजरलेण्ड र बेलायत लगायतका मूलुकमा हुने मञ्चको अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा समते सहभागी हुने कार्यक्रम रहेको छ ।