फर्साटिकरमा मतगणना स्थगित

1.3K

फर्साटिकरमा मतगणना स्थगित

ललित पाण्डेय/
सैनामैना, १९ फागुन । रुपन्देहीका चार वटा क्याम्पसमा मात्र हिजो  स्ववियु निर्वाचनमा मतदान भएको छ  । जिल्लाका १२ क्याम्पसमध्ये चार वटामा मात्रै मतदान भएको हो । फर्साटिकरमा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा मतगणनाको अन्तिम चरणमा स्थगित भएको छ ।

स्रोतका अनुसार मतगणना भईरहदा मतगणनामा सहभागी अखिल क्रान्तिकारीका विद्यार्थीले मतपत्र नै च्याति दिएपछि स्थगित भएको हो । हिजो राती १२ बजे सम्म मतगणना जारी थियो । क्याम्पस बाहिर मत गणनाको अन्तिम नतिजामा विद्यार्थी कुरेर बसिरहेका थिए ।  चार सय ३१ जना विद्यार्थी मध्ये चार सय एक मत खसेको थियो । तीन सय मत गनिसक्दा सभापति पदमा अनेरास्वियुका सम्भु थारु एक सय १४, क्रान्तिकारीका मञ्जिर यादब  ९९, नेविसंघका  धनराज कडेल ६१ मत रहेको थियो । अहिले भने मतगणना स्थगित गरिएको छ सहज बातावरण भएपछि मतगणना सुरु हुने बताईएको छ ।

रुपन्देहीको रुद्रपुरमा रहेको हरैया बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघको प्यानल भारी मत अन्र्तरले निवार्चित भएको छ । आज सम्पन्न स्ववियु निर्वाचनबाट नेबिसंघको प्यानल नै बिजयी भएको हो । स्वबियु सभापतिमा नेबिसंघका प्रकाश उपाध्यय पौडेल निर्बाचित भएका छन् ।  पौडेलले १७१  मत र निकटतम प्रतिद्वन्द्वी सयुक्त विद्यार्थी मोर्चाका सुभाष सापकोटाले ७८  र नेपाल क्रान्तीकारी विद्यार्थी संघ की निर्मला रानाले ६  मत प्राप्त गरेको मतदान अधिकृत राजेन्द्र प्रसाद खनालले दिए । त्यस्तैगरि सचिवमा  नेविसंघका सरोज चौधरीले १६६ प्रतिद्धन्दि संयुक्त विद्यार्थी मोर्चाका भुवन थापाको ८४  , कोषाध्यक्षमा बिन्दु पौडेलको १६४  प्रतिद्धन्दि संयुक्त विद्यार्थी मोर्चाका रोमा सुर्यवशीको ९० मत परेको छ   ।

नेविसंघका निर्वाचित सदस्यहरुमा मनोज कुमार थारुको १६५ , नारायाण सुवेदीको १६० , कृष्ण बुढाथोकीको १६५, प्रेमा कडेलको १५८, देवेन्द्र पालको १६५ मत प्राप्त गरेका छन् । समानुपातिक तर्फमा नेविसंघको १७१ र संयुक्त विद्यार्थी मोर्चाको ८६ मत खसेको छ ।  स्ववियु निर्वाचनमा प्रत्यक्ष तर्फमा २५८  जनाले मतदान गरेका थिए । क्याम्पसमा २६७  बिद्यार्थीछन् ।

रुपन्देहीको मणिग्राममा रहेको सरस्वती संस्कृत बिद्यँपिठमा नेपाल बिद्यार्थी संघको प्यानल निवार्चित भएको छ । बुधवार सम्पन्न स्ववियु निर्वाचनबाट नेबिसंघको प्यानल नै बिजयी भएको हो । स्वबियु सभापतिमा नेबिसंघका विष्णु पौडेल निर्बाचित भएका छन् ।
पौडेलले २९ मत र निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका भुवन अर्यालले २३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बासुदेव गौतमले जानकारी दिए । त्यस्तैगरि सचिवमा तुलसीराम गैरे, कोषाध्यक्षमा टेकप्रसाद पराजुली र एक सदस्यमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भएका छन् । स्ववियु निर्वाचनमा ५३ जनाले मतदान गरेका थिए । क्याम्पसमा ६९ बिद्यार्थीछन् ।

उत्ता देवदहमा  रहेको देवदह आर्दश क्याम्पसमा भने नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु निर्वाचित भएको छ । आज सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुका कृष्ण पौडेल १७८ मत सहित सभापतिमा निर्वाचित हुनु भएको छ । त्यस्तै उहाका प्रतिद्धन्दी नेविसंघका अध्यक्ष शङ्खर गिरीले १४६ मत ल्याउनु भएको थियो । सचिबमा अनेरास्ववियुकै अर्जुन गैरेले १९२ मत ल्याउनु भएको थियो भने उहाका प्रतिद्धन्ती नेविसंघका सागर अधिकारीले १३० मत ल्याउनु भएको थियो । त्यस्तै कोषाध्यक्ष पदमा अनेरास्ववियकी बिपना थापाले १७७ मत ल्याई बिजय  हुनु भएको छ भने नेविसंघकी प्रियङ्क सुनारले १४२ मत ल्याएको देवदेह प्रहरी चौकीका ईन्चार्च सई भक्तिराम खनालले जानकारी दिनु भएको छ ।