फाईनलमा आर्मी र संकटा भिड्ने

1.3K

फाईनलमा आर्मी र संकटा भिड्ने

बुटवल, १९ फागुन । तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगिताको साविक विजेता आयोजक जिल्ला फूटवल संघ रुपन्देहीलाई पाखा लगाउँदै साविक उपविजेता विभागिय टिम नेपाल आर्मीले फाईनलको यात्रा तय गरेको छ । निर्धारित समयमा गोलरहित बरावरीमा सकिएपछि पेनाल्टी मार्फत आर्मीले आफ्नो अँगाडीको यात्रा निर्धारण गरेको हो ।

जितसंगै आर्मी उपाधीका लागि शनिबार फाईनलमा पुगेको संकटासंकटासंग भिड्ने छ । १८ औं तिलोत्तमा गोल्ड कपमा फाईनलमा प्रतिस्पर्धा गर्दै आर्मीलाई उपविजेता बनाएको आयोजकलाई १९ औं संस्करणमा आर्मीले सेमिफाईनलबाटै यात्रा टुङ्ग्याईदिएको छ । कडा प्रतिस्पर्धाका बिच भएको खेल निर्धारित समयमा गोल रहित बराबरीमा टुङ्गीएको थियो । खेल बराबरीमा सकिएपछि थपिएको २० मिनेटको समयमा पनि कुनै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुट मार्फत निर्णय लिएको हो । आर्मीले ४-२ को गोल अन्तरले फाईनलको यात्रा सुनिश्चित गरेको हो ।

आयोजक रुपन्देहीका विदेशी खेलाडी अबोलाले पेनाल्टी प्रहारलाई आर्मीका किपर सुशिल श्रीवास्तवले विफल गराईदिएका थिए भने आयोजककै विदशी खेलाडी साम सनले पोष्ट बाहिर प्रहार गरेका थिए । आयोजकका अमर दंगाल र सुजित गुरुङ्ले गोल गरेका थिए । उता आर्मीका क्याप्टेन हिरण्य मगर, विवेक बस्नेत, दीप लामा र राजु तामाङ्ले गरेको प्रहारले जाली चुमेको थियो ।

२०३३ सालवाट शुरु भएको तिलोत्तमा गोण्डकप प्रतियोगितामा विभागिय ३ टिम सहित १० टिमको सहभागि थिए । प्रतियोगितामा विजेता हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेतालाई ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिता अवधिभरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई मोटरसाईकल प्रदान गरिने आयोजकले बताएका छन् ।