युनियनले होलिमिलन कार्यक्रम गर्ने

1.3K

युनियनले होलिमिलन कार्यक्रम गर्ने

बुटवल, २१ फागुन । नेपाल प्रेस युनियन रुपन्देहीले होलिमिलन कार्यक्रम गर्ने भएको छ । युनियनले फागुन ३० गते परेकोसद्भाव तथा मित्रताको पर्व होलीलाई संचारकर्मीहरुका बिचमा आत्मियता तथा खुसी साटासाट गरेर मनाउने बताएको हो ।

युनियनका सभापति विक्रम खड्काको अध्यक्षतामा आज बसेको बैठकले बुटवलमा आयोजना गरिने होली मिलन कार्यक्रममा सबैको सहभागिताका लागि आग्रह समेत गरेको छ । युनियनका सचिव कविन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा होली मित्रता र खुसियालीको पर्व भएकाले होलीलाई रमाईलो पर्वका रुपमा मनाउने निर्णय युनियनले गरेको उल्लेख छ ।

यस्तै युनियनका सहसचिव झविन्द्र देवकोटा नेपाल पत्रकार महासंघ, एन प्याब्सन रुपन्देही र अभिभावक संघ रुपन्देहीद्वारा उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कारले, कार्यसमिति सदस्य कल्पना तिवारी मुक्ति एफएमद्वारा उत्कृष्ट कर्मचारी सम्मान र सदस्य अर्जुन ज्ञवाली सेवा अर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएकोमा उहाँहरुलाई बैठकले बधाई ज्ञापन गरेको सचिव नेपालले जानकारी दिनुभयो ।

यस्तै युनियनले आगमी दिनमा रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको समेत बताइएको छ ।