सुरजपुरा काण्डको स्मरण

1.3K

सुरजपुरा काण्डको स्मरण

बुटवल, २२ फागुन । नेपाली काँग्रेस रुपन्देहीले सुरजपुरा हत्या काण्डको स्मरण गर्दै आज अन्तरक्रिया कार्यक्रम गरेको छ । २०४६ सालमा बहुदलीय प्रचार प्रसारका क्रममा तत्कालिन नेपाली काँग्रेसका महामन्त्री गिरिजाप्रसाद कोईराला माथि आक्रमण हुँदा देहावसान भएका यादवनाथ आलोक र रामप्रसाद चौधरीको हत्या भएको थियो ।

उहाँहरुको सम्मानमा नेपाली काँग्रेस रुपन्देहीले प्रत्येक वर्ष अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अव्दुल रज्जाकले बिभिन्न समय र कालखण्डमा नेपाली काँग्रेसका नेता कार्यकर्ताको त्याग र बलिदानीबाट लोकतन्त्र आएको बताउँदै उक्त घटना नभएको भए मुलुकमा लोकतन्त्र आउन पनि नसक्ने उल्लेख गर्नुभयो ।

घटनाबाट सहादत्त प्राप्त गरेका शहिदका परिवारलाई सरकार र नेपाली काँग्रेसले पनि सम्मान हुने गरि कार्यक्रम गर्नुपर्ने काँग्रेस नेता तथा पूर्व मन्त्री दुर्योधनसिंह चौधरीले बताउनु भयो । शहिद पत्नी सीतालक्ष्मी न्यौपानेले पार्टीले शहिदको सम्मानकालागि अन्तरक्रिया कार्यक्रम गरेकोमा आभार व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्र नं. ३ रुपन्देहीका सभापति प्रेमबहादुर फौदार लगायतले धारणा राख्नुभएको थियो ।