सरनटाढी र सिक्टहनमा कांग्रेसको भेला

1.3K

सरनटाढी र सिक्टहनमा कांग्रेसको भेला

देवदह, २३ फागुन । नेपाली कांगे्रस देवदहको वडा भेला देवदह ७ सरनटाढीमा सम्पन्न भएको छ । देवदह ७ का वडा सभापति दामोदर क्षेत्रीको सभातित्व, नेपाली कांगे्रस रुपन्देहीका सभापति एवंम् सासंद अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा जिल्ला सभापति रज्जाकले नेपाली कांगे्रसकै नेतृत्वमा संविधान जारी भएको हुदा त्यो संविधानको कार्यान्वयन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अविभारा पनि कांगे्रसकै काधमा आएको बताउनुभयो  ।

उहांले नेपाली कांगे्रसलाई बलियो बनाउन आम लोकतान्त्रिक नागरिकको दायित्व भएको हुदा सबैलाई लोकतान्त्रिक पद्धतिबाट कार्य गर्न पनि आग्रह गर्नुभएको थियो । उहाले देवदह सरनटाढीको विकासको लागि यहा“को स्थानियबासीको साथ र सहयोग भएमा विकास निमार्णको काममा तिव्रताका साथ लागि पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांगे्रस क्षेत्रीय सभापति हीराबहादुर खत्रीले सरनटाढीको विकास निमार्णमा नेपाली कांगे्रस सदैव सहयोग गर्न तत्पर रहने बताउनुभयो ।

कार्यक्रममा  महासमिति सदस्य मणिप्रसाद शर्मा, जीवलाल पराजुली, पार्वती न्यौपाने, महाधिवेशन प्रतिनिधि रामकृष्ण पौडेल, जिल्ला सदस्य बासुदेव रिमाल, नगर सभापति गुनाखर भुर्तेल, क्षेत्रीय सदस्य लक्षु न्यौपाने, मिना पौडेल, तरुण दलका अध्यक्ष मोहन जिसी, कपिल गौतम, मनबहादुर गाहा, खुमसरा बाह्रघरे, जितबहादुर आले, खड्गबहादुर सिंजाली,  लगायतले भनाई राखेका थिए । कार्यक्रम भिमबहादुर सिंजालीको स्वागत र नगर सचिव अर्जुन पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

सिक्टहनको  भेला
यसैबीच नेपाली कांगे्रस सिक्टहन गा“उ समितिको बृहत भेला सम्पन्न भएको छ । नेपाली कांगे्रस सिक्टहन गा“उ समितिका अध्यक्ष मोहरप्रसाद चौधरीको सभापतित्व, नेपाली कागे्रस रुपन्देहीका सभापति एवंम् सासंद अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला सभापति रज्जाकले जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकोले पार्टीका सबै कार्यकर्ताहरुलाई लाग्न आग्रह गर्नुभएको थियो । उहाले नेपाली कांगे्रस सबै जातजाति, भाषा धर्मको साझा पार्टी भएकाले क्षेत्रीय र जातिय मुद्धामा नलाग्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांगे्रस क्षेत्रीय सभापति हीराबहादुर खत्री, महासमिति सदस्य मणिप्रसाद शर्मा, जीवलाल पराजुली, पार्वती न्यौपाने, महाधिवेशन प्रतिनिधि रामकृष्ण पौडेल, जिल्ला सदस्य अकवाल खा“, बासुदेव रिमाल, अमरबहादुर चौधरी, पुर्व क्षेत्रीय सभापति विश्वनाथ यादव, क्षेत्रीय सचिव बैजनाथ साहनी, क्षेत्रीय सह–सचिव कृष्णमोहन निसाद, क्षेत्रीय सदस्य मिना पौडेल, पुर्व क्षेत्रीय उपसभापति भिमबहादुर चौधरी, क्षेत्रीय प्रतिनिधि बालकृष्ण पासी, स्थानिय युवा टेकबहादुर सारु लगायतले भनाई राखेका थिए । भिमबहादुर चौधरीको स्वागत र गा“उ समितिका सचिव नाथु चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।