‘महिलाको श्रमको सम्मानका लागि सबै एकजुट हुनुपर्छ’

1.3K

‘महिलाको श्रमको सम्मानका लागि सबै एकजुट हुनुपर्छ’


बुटवल, २५ फागुन । १०७ औ अन्तराष्ट्रिय श्रमीक महिला दिवस आज रुपन्देहीका बिभिन्न स्थानहरुमा मनाइएको छ ।  बदलिंदो परिवेसमा कामकाजी महिला ः सन् २०३० सम्म बरावर पाइला भन्ने अन्तराष्ट्रिय नारा तथा महिला सम्मानको आधार ः सिपयुक्त हात र स्वरोजगार भन्ने राष्ट्रिय नाराका साथ महिला वालवालिका कार्यालय रुपन्देहीको संयोजन तथा कदम नेपाल, नमुना एकीकृत बिकास परिषद्, रेडियो मुक्ति, महिला मानवअधिकार रक्षक संजाल, माइति नेपाल लगाएत यस क्षेत्रका दुई दर्जन संघ संस्थाले रुपन्देहीको भैरहवामा संयुक्त ¥याली निकालेका छन् ।

भैरहवाको लुम्बिनी गेटवाट निकालिएको ¥याली बुद्धचोक, बर्मेलीचौक, गल्लामन्डि, आवारोड हुँदै देवकोटा चौकमा पुगी कोण सभामा परिणत भएको थियो ।  नेपाल प्रहरीको ब्याण्डवाजा  सहित निस्किीएको ¥यालीमा सयौको सहभागीता रहेको थियो ।  कोण सभामा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले महिला हिंसा बिभिन्न क्षेत्रमा हुने गरेकोमा महिलाको श्रम शोषण संग जोडिएको यस अन्तराष्ट्रिय श्रमीक महिला दिवस श्रम र पारिश्रमीकता र मजदुर महिलाको आत्म सम्मानसंग जेडिएको बिषय भएकोले महिलाले गर्ने श्रम दैनिक १८ घण्टा भन्दा बढी रहेकोले महिलाको श्रमको सम्मानका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो ।

रुपन्देही जिल्लाका स्थानीय विकास अधिकारी युवराज सुवेदीले महिला हिंसा अन्त्य गर्नका लागि जिल्ला विकास समितिले बिभिन्न महिलाको बिभिन्न शिर्षकमा बिनियोजन गरेको रकमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न जरुरी रहेको बताउनु भयो ।  कार्यक्रममा बोल्दै रुपन्देहीका महिला वालवालिका कार्यालयका प्रमुख शारदा बस्यालले दिगो विकास लक्ष्यलाई पुरा गर्ने दायीत्व एकातिर रहेको तथा अर्को तिर महिलामाथि हुने हिंसा र दमनलाई न्यूनिकरण गर्ने हामी सबैको कर्तब्य रहेकोले महिला हिंसाको मुद्धालाई सामुहिक मुद्धाको रुपमा बुझ्नु पर्ने बताउनुभयो ।  कार्यक्रममा संघ संस्थाको तर्फवाट नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौडेल राजनीतिक दलको तर्फवाट  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष महेन्द्र यादव लगाएतले बोल्नु भएको थियो ।¥याली महिला हिंसा अन्त्य गरौं, हरेक क्षेत्रमा समान पारिश्रमीकता लागु गरौं भन्ने लगाएतका नाराहरु लगाइएको थियो ।

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका महिला समन्वय समितिको समन्वयमा पनि सैनामैना नगरपालिकाको बुद्धनगरवाट मुर्गीया चौक सम्म ¥याली निकालिएको छ । सैनामैना नगरपालिकाका आमा समुह, सहकारी समुह ,स्थानीय संघ संस्था र बिद्यालयहरुको सहभागीता रहेको ¥यालि मुर्गीयामा पुगी कोण सभामा परिणत भएको थियो । सभा सैनामैना नगरपालिकाका कार्यकारी प्रमुख  तथा महिला समन्वय समतिका अध्यक्ष नेभ बहादुर ओलीको अध्यक्षता  उपाध्यक्ष दिपीका शर्मा अर्यालको स्वागत र सदस्य जानकी शर्माको संचालनमा गरिएको ¥यालि समापन कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि रामप्रसाद अधिकारी, एमालेका चित्र बहादुर केसी,माओवादीका नारायण न्यौपाने लगाएतले बोल्दै महिलाको श्रम र पारिश्रमीकताको सम्मानका लागि आफ्ना पार्टीहरु सदैव लाग्ने बताएका थिए ।