पत्रकार आक्रमणको निन्दा

1.3K

पत्रकार आक्रमणको निन्दा

बुटवल, २५ फागुन । पत्रकार टेक मास्की राना माथि भएको आक्रमणको विभिन्न संघ/संगठनले निन्दा गरेका छन् । फागुन २२ गते कार्यलयको काम सकेर निवास तर्फ जादै गर्दा गोलपार्क नजिक आक्रमण भएको थियो । आक्रमणबाट पत्रकार रानाको दाहिने हातमा चोट लागेको छ ।

नेपाल मगर संघ रुपन्देही र संघीय पत्रकार परिषद् आज छुट्टा छुट्टै विज्ञ्प्ती जारी गरी पत्रकार राना माथि भएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । मगर संघका सचिव कमल थापा द्वारा जारी विज्ञ्प्तीमा मगर बुद्धिजिवी पत्रकार राना माथि भएको सांघातिक हमला प्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञ्प्तीमा पत्रकार राना माथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको हुदा आक्रमणकारीको पहिचान गरी कारवाही गर्न माग गरिएको छ । त्यस्तै संघीय पत्रकार परिषद्का केन्द्रीय अध्यक्ष लोकनेश ढेंगाद्वारा जारी विज्ञ्प्तीमा पत्रकार राना माथि भएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञ्प्तीमा आक्रमणकारीको पहिचान गरी कारवाही गर्न प्रहरी प्रशासन संग माग गरिएको छ ।

पत्रकार राना रेडियो जागरणमा कार्यरत हुनुहुन्छ । उहां नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पुर्व सचिव हुनुहुन्छ ।