दीपमा सम्मान

1.3K

दीपमा सम्मान

बुटवल, २५ फागुन । १ सय ७ औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा बुटवल–१० सुख्खानरमा रहेको दीप र्बोडिङ्गले महिलाहरुलाई सम्मान गरेको छ । विद्यालयमा अध्यापनरत शिक्षिका तथा कार्यरत कर्मचारीहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।

शिक्षण पेसामा आवद्ध रहेर बालबालीकाको भविष्यको आधार कोर्न महिला शिक्षिका तथा कर्मचारीहरुको गहन भूमिका रहेकोले उनीहरुलाई सम्मान गरिएको विद्यालयका  प्राचार्य टिकाराम न्यौपानेले बताउनुभयो । सोही अवसरमा विद्यालयका शिक्षक महेश खनाल, विद्यार्थी आस्था जोशी लगायतले महिला दिवश, यस्को महत्व र महिलाहरुले भोग्नुपरेका कठिनाईहरुका बारेमा बोल्नु भएको दिनेश खड्काले बताउनुभयो ।