अग्रज महिला पत्रकार सम्मानित

1.3K

अग्रज महिला पत्रकार सम्मानित

रेनुका गिरी/
बुटवल ६, चैत । लामो समयसम्म पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने रुपन्देहीका दुई जना अग्रज पत्रकार महिलालाई सम्मान गरिएको छ ।
सञ्चारिका समुह लुम्बिनीले २०७१/०७२ बाट रुपन्देहीमा लामो समयदेखी क्रियासिल अग्रज महिला पत्रकार दुर्गा पौड्याल र माया गौतमलाई सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोल, प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह र स्थानिय विकास अधिकारी युवराज सुवेदीले सम्मान गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिंहले पत्रकार महिलाको संख्या सगँसगैँ उनीहरूको क्षमता र दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । स्थानिय विकास अधिकारी युवराज सुवेदीले काम गरिरहेका पत्रकार महिलाको पलायन हुने स्थिति बढेकाले उनीहरूलाई टिकाइराख्ने नीति अवलम्बन गरिनुपर्ने धारणा राख्नुभयो ।

सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित अग्रज महिला पत्रकार दुर्गा पौड्याल, माया गौतम, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी लगायतले बोल्दै महिला पत्रकारहरुको सक्रियताले पत्रकारिता क्षेत्र सुसंस्कारित हुनुका साथै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने तर्फ जोड दिनुभयो । कार्यक्रम सञ्चारिका समुह लुम्बिनीका उपाध्यक्ष निरु गौतमको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव इन्दिरा भण्डारीले गर्नु भएको थियो ।