
बुटवल, १५ चैत । घरेलु तथा साना उद्योग कार्यलय रुपन्देही र नेशनल व्युटिसीयन ट्रेनिङ ईस्टस्युटको आयोजनामा बुटवलमा तीन महिने निःशुल्क व्युटिसीयन तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यलय रुपन्देहीका प्रमुख देवीराम घिमिरेले सीपमुलक तालिम लिएका व्यक्ति कोही पनि वेरोजगार बस्नु नपर्ने बताउँदै तालिम लिएपछि व्यबहारमा उतार्न आग्रह गर्नुभयो । नेशनल व्युटिसीयन ट्रेनिङ ईस्टस्युटकी सञ्चालक शान्ति शर्माले महिलालाई उद्यमशिल बनाई आत्मनिर्भर बनाउनकालागि तालिम सञ्चालन गरिएको बताउनु भयो ।
कार्यक्रममा नेपाल व्युटिसियन संघ रुपन्देहीकी अध्यक्ष रेनु कर्माचार्य, सचिव अनिता केसी, मनु न्यौपाने, सरिता गिरी लगायतले भनाई राखेका थिए ।