
रेनुका गिरी/
बुटवल, १८ चैत । नेपाल स्वतन्त्र सिलाई ब्यवसायी संघ तिलोत्तमा नगर ईकाइ वडा समितीको वडा भेला शंकरनगरमा सम्पन्न भएको छ । भेलामा सहभागीहरुले सिलाई कटाई पेशामा आबद्ध रहेका ब्यवसायीहरुले ब्यवसायमा एकरुपता ल्याउन आग्रह गरेका छन् ।
कार्यक्रममा पुर्व सभाषद् विनोद पहाडीले पछिल्लो समयमा सिलाई ब्यवसाय जुनसुकै जातजातीले गर्ने पेशा भएकाले यसलाई ब्यवस्थित रुपमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले पेशामा एकजुट भई पारदर्शी काम गर्ने वातावरण सृजना गर्न समेत सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
तिलोत्तमा नगर ईकाई वडा समितीकी अध्यक्ष शान्तिमाया थापाले बेरोजगार महिलाहरूका लागि सिलाई कर्टाई ब्यवसाय आयआर्जनको राम्रो माध्यम बनेको बताउनुभयो । उहाँले न्युन लगानीमा आफू संग भएको सीपको सदुपयोग गर्न सकीने भएकाले यस तर्फबेरोजगार महिलाहरूको आकषर्ण बढेको बताउनुभयो । नेपाल स्वतन्त्र सिलाई ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामकुमार रणपालले मेहनत गर्न सकेमा सिलाई कर्टाई ब्यवसायबाट राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।
भेलामा नेपाल स्वतन्त्र सिलाई ब्यवसायी संघ रुपन्देहीका पुर्व अध्यक्ष सरोज गौतम, परियार सेवा समाजका रुपन्देही अध्यक्ष लोकबहादुर नेपाली, नेपाल परियार सेवा समाजका केन्द्रीय सदस्यहरु सुवर्ण परियार, सुवास परियार, परियार सेवा समाजका जिल्ला सचिव सन्दिप बुढाथोकी, तिलोत्तमा नगर ईकाई समितीका नगर अध्यक्ष कुशरामकुमार मिश्र, तिलोत्तमा नगर वार्ड समितीका सल्लाहकार प्रेम परियार, नेपाल स्वतन्त्र सिलाई ब्यवसायी संघ तिलोत्तमा नगर समितीका सचिव गोपाल गौतम लगायतले सिपलाई जगेर्णा गर्न र स्तरिय तथा बिश्वसनिय सेवा प्रदान कसरी दिन सकिन्छ भन्ने बारेमा ध्यान दिनुपर्ने बताउनुभयो ।