मोर्चा सहित कपडा बरामद

1.3K

मोर्चा सहित कपडा बरामद

मिना पोडेल/
देवदह, १९ चैत । रुपन्देहीको देवदहमा घरेलु मदिरा बनाउन प्रयोग गरिने मोर्चा सहित अवैध कपडा बरामद भएको छ । देवदह प्रहरी चौकीले ७ बोरा मोर्चा र २ बोरा अवैध कपडा बरामद भएको हो । प्रहरी चेकिङ्गको क्रममा सुनवलबाट बुटवल तर्फ जादै गरेका तीन महिलाहरुको साथबाट ७ बोरा मोर्चा बरामद भएको देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक सुरज कार्कीले बताउनुभयो ।

सुनवल घर भएका मनमाया थापा, सरिता थापा र पुजा गुरु¨ नाम बताउने ती महिलाहरुले घरमै उत्पादन गरेको ति मोर्चाहरु धेरैजसो सुनवलदेखि बुटवलमा लैजाने गरेको बताए । त्यसैगरी नवलपरासीको अमानिगञ्ज बस्ने वर्ष २० को सन्दिप यादवको साथबाट २ बोरा अवैध सादा कपडा बरामद भएको प्रहरी निरिक्षक कार्कीले बताउनुभयो ।

देवदह घोडाहामा २ जना भाग्दै गरेको अवस्थामा यादवलाई प्रक्राउ गरिएको र १ जना भाग्न सफल भएको उहाले बताउनुभयो । करिब डेढ लाख बराबर मूल्य रहेको उक्त सामाग्रीहरु राजश्व बिभागमा कारवाहीका लागि पठाउने उहाले बताउनुभयो ।