भाषणकला तालिम

1.3K

भाषणकला तालिम

बुटवल, १९ चैत । मदिरा व्यबसायी संघ रुपन्देहीका पदाधिकारी तथा कार्य समितिका सदस्यहरुलाई भाषण कला तथा उद्घोषण तालिम प्रदान गरिएको छ ।

संघले आज एक दिने तालिम कार्यक्रमको आयोजना गरि उनीहरुलाई तालिम प्रदान गरेको हो । उक्त तालिममा प्रशिक्षक रमेश अर्यालले भाषण कला तथा उद्घोषण कसरी गर्ने भन्ने विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण गर्नुभएको थियो । संघका अध्यक्ष सुलोचन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर खत्री, प्रथम उपाध्यक्ष मृगेन्द्र गोबिन्द श्रेष्ठ, उपाध्यक्ष टिकाराम पन्थी, महासचिव भिष्मराज अर्याल लगायतले व्यबसायीमा व्यबसायिक ज्ञान भएपनि औपचारिक कार्यक्रममा आफ्ना कुराहरु प्रष्टसंग राख्ने बानीको बिकास गराउनकालागि नेतृत्वमा रहेकालाई तालिम प्रदान गरिएको बताउनु भएको थियो ।