
हरिश ढकाल/
बुटवल, २० चैत । हरेक घरमा शौचालय निर्माण हुँदैमा पुर्ण रुपले खुला दिसामुक्त र सरसफाइयुक्त हुन्छ भन्न नसकिने एक कार्यक्रमका सहभागिहरुले बताएका छन । पुर्ण रुपले खुला दिसामुक्त र सरसफाई यूक्त हुनका लागि पाँच प्लस एकको सुचकहरु पुर्ण रुपले पालना गरिएको हुनुपर्ने सम्बन्धित क्षेत्रका बिज्ञहरुले बताएका छन । ति सुचक पुरा गर्नेले मात्र हरियो स्टिकर टाँसिने पनि उनिहरुले जानकारी गराए ।
यसै सन्दर्भमा साबिक बुटवल उपमहानगरपालिका वडा नम्बर १४ र १५ लगाएत खुला दिसामुक्त घोषणा भएका भएका क्षेत्रमा पुर्ण सरसफाई अभियान संचालन गरिएको छ । घरघरमा सफा चर्पी हामी जिम्मेबार, स्वच्छ पानी स्वस्थ बानी हाम्रो सरोकार भन्ने नाराका साथ सरोकारवालाहरुका लागि अभिमुखिकरण कार्यक्रम संचालन भैरहेको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीले आज आयोजित सरोकारवाला निकाय र उपभोक्ता समितिहरुका लागि संचालित अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले पुर्ण सरसफाई अभियान सफल बनाउन उचित बातावरण बनाउनु पर्ने बताए । अभियान प्रगती उन्मुख भएको जानकारी गराउदै उनिहरुले सबै सुचकहरु पलना गराउन र सचेतना जगाउन सरोकारवाला बिच समन्वयको आवश्यक्ता रहेको चर्चा गरे ।
सो कार्यक्रममा सहजिकरण गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर धु्रव धितालले उपभोक्ता आफै जिम्मेबार हुनु पर्ने कुरामा जोड दिए । अर्का प्राबिधिक ईश्वरी आचार्यले सरोकारवालाले चासो र सकृयता बढाउनु पर्ने कुरामा जोड दिए । हरेक घरमा पाँच प्लस १ सु्चकहरु पालना गराई हरियो स्टिकर टाँस्ने प्रकृया अघि बढाउन आवश्यक रहेको कुरामा बक्ताहरुले जोड दिएका थिए ।
पुर्ण सरसफाई अभियान समन्वय समितिका संयोजक स्थानिय समाजसेवी पुरुषोत्तम बस्यालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा खानेपानी तथा सरसफाई महासंघ रुपन्देहीका उपाध्यक्ष साबित्रा रेग्मी, नयाँगाउ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज शर्मा, राजपुर तामनगर खापा उपभोक्ता समितिका अध्यक्ष दुर्गा सुबेदी, रत्न बहादुर थापा लगाएतका बक्ताहरुले पुर्ण सरसफाई प्रबद्र्धन टोली गठन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।