नयां शक्तिका नेता कार्यकर्ता पक्राउ

1.3K

नयां शक्तिका नेता कार्यकर्ता पक्राउ

बुटवल, २१ चैत । स्थानीय निर्वाचनमा देशभर दलीय चुनाव चिन्ह (आंखा) पाउनुपर्ने माग गर्दै जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका नयां शक्ति पार्टी नेपाल रुपन्देहीका ६७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ८ जना महिला छन् । घेराउका क्रममा प्रहरीको लाठी प्रहारबाट पार्टीका नेता गोविन्द केसीको हात भांच्चिएको छ । उनको भीम अस्पताल भैरहवामा सामान्य उपचारपछि मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । प्रहरीले नयां शक्ति पार्टी रुपन्देही संयोजक देवेन्द्र पाण्डे सागर, संगठन विभाग प्रमुख निर्दोष अली, लगायत नेताहरु बाबुराम पोखरेल, महेन्द्र भुसाल, किस्मत विक, विमल गिरी, पंकज राई, पदम विक, माधव श्रेष्ठ, पुनम लिगल, भुवन पौडेल, कविता रसाइली, सुग्रिब यादव, पुरन यादव, श्याम चौधरी, धनेश्वरी चौधरी दुर्गा विक, विष्णु पौडेल, हाजी याकुव खां, सिरुन खां लगायत पक्राउ परेका पार्टीका नेता निर्दोष अलीले जानकारी दिए ।

पक्राउ परेका मध्ये ५ जनालाई वडा प्रहरी कार्यालय भैरहवा र बांकीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । निर्वाचन कार्यालय घेराउमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको पनि सहभागिता थियो । प्रहरीले सो पार्टीका  नेता मोजिव अलीलाई पनि पक्राउ गरेको छ ।