सिद्धबाबा मन्दिर परिसरमा सरसफाई

1.3K

सिद्धबाबा मन्दिर परिसरमा सरसफाई

बुटवल, २३ चैत । राम नवमीको अवसर पारेर लायन्स क्लव अफ बुटवल मुक्तिनाथले सिद्धबाबा मन्दिर परिसरमा सरसफाई तथा वृद्ध वृद्धालाई खाना खुवाएको छ ।

सरसफाई कार्यक्रममा लायन्स ३२५ वि २ द्धितीय उपाध्यक्ष लायन सुनिल ओझाले कुरा गर्ने भन्दा काम गर्नेहरु सफल हुने भन्दै लायन्स मुक्तिनाथले  प्रशंसनिय काम गरेको भन्दै आगामी दिनमा यस्ता गतिविधीलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा  बालाराम भट्टराई, गोकर्ण पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो । क्लबका अध्यक्ष लक्ष्मण राज रेग्मीको अध्यक्षता उपाध्यक्ष रिखिराम भट्टराईको स्वागत र सचिव सुरेश चन्द्र भट्टराईको संचालनमा कार्यक्रम भएको थियो ।