क्षेत्रीय समितिमा पोखरेल र गुरुङ्ग

1.3K

क्षेत्रीय समितिमा पोखरेल र गुरुङ्ग

बुटवल, २४ चैत । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ पूर्ण भएको छ । क्षेत्रीय सभापति हरि लम्सालले क्षेत्रीय समिति सदस्य पदमा मनोनित गर्न बाँकी दुई पदमा बुटवलको साविक वडा नं. ११ बाट निर्वाचित क्षेत्रीय प्रतिनिधि बिष्णु पोखरेल र साविक १२ बाट निर्वाचित क्षेत्रीय प्रतिनिधि जेवि गुरुङ्लाई मनोनित गर्नुभएको हो ।

उहाँले नेपाली काँग्रेसको विधानको धारा ८ उपधारा २(४) ले दिएको अधिकार प्रयोग गरि बाँकी दुई पदमा उहाँहरुलाई मनोनित गरेको बताउनु भयो । क्षेत्रीय सभापतिले मनोनित गर्ने ८ सदस्य पद मध्ये ६ जनालाई यस अंगाडी नै मनोनित गरिसक्नु भएको थियो ।