नयां शक्तिले ग¥यो चुनाव लक्षित निर्णय

1.3K

नयां शक्तिले ग¥यो चुनाव लक्षित निर्णय

बुटवल, २६ चैत । नयां शक्ति पार्टी नेपाल रुपन्देहीको वैठकले चुनाव लक्षित विभिन्न निर्णयहरु गरेको छ । वैठकले रुपन्देहीका पांच नगरपालिका, एक उपमहानगरपालिका र दश गाउं पालिकामा उम्मेदवारी दिने निर्णय गरेको छ ।

वैठकले देबेन्द्र पाण्डे सागरको नेतृत्वमा एकचालिस सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । वैठकले बुटवल उपमहानगरपालिका संयोजकमा निर्दोष अली, तिलोत्तमा नगरपालिकामा ज्ञानप्रसाद भुर्तेल, सिद्धार्थनगरपालिकामा किस्मत विक, देवदह नगरपालिकामा लिलाधर मरासिनी, सैनामैना नगरपालिकामा रामबहादुर कुंवर र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पुरन यादवलाई संयोजक तोकेको छ ।

त्यस्तै जिल्लाको कञ्चन गाउपालिकामा शालिकराम पौडेल, गैडहवा गाउपालिकामा पदम विक, शुद्धोधन गाउंपालिकामा श्यामबहादुर चौधरी, सियारी गाउपालिकामा दिनेश अर्याल, मायादेवी गाउपालिकामा कृष्णप्रसाद उपाध्याय, कोटहीमाइ गाउपालिकामा पुरन यादव, मर्चवारी गाउपालिकामा हरिशसिंह सौतार, सेमरीमाई गाउपालिकामा रिङकु शुक्ला, रोहिणी गाउपालिकामा धनेश्वरी चौधरी र ओमसतिया गाउपालिकामा नजिर अलीलाई संयोजक तोकेको छ । वैठकले बैशाख एक गतेसम्म सबै गाउंपालिका र नगरपालिकामा निर्वाचन परिचालन समिति गठन गरिसक्ने निर्णय गरेको छ भने पांच गतेसम्म एक पदमा तीनजनाका दरले नाम सिफारिस गरिसक्ने निर्णय गरेको जिल्ला संयोजक देवेन्द्र पाण्डे सागरले जानकारी दिए ।

वैठकले उम्म्मेदवार छनोट गर्न जिल्ला संयोजक पाण्डेको संयोजकत्वमा सुग्रिव यादव, पुनम लिगल, दुर्गा विक, पंकज राई, बाबुराम पौडेल, लिलाधर मरासिनी रहेको समिति गठन गरेको छ । यस्तै वैठकले स्थानीय चुनावको लागि वार्ता, सहमति र सहकार्य गर्न रुपन्देही इन्चार्ज यज्ञ पोखरेलको संयोजकत्वमा र्पाच सदस्यीय समिति गठन गरेको छ । जसमा देवेन्द्र पाण्डे, विमला चौधरी, निर्दोष अली र महेन्द्र भुसाल रहेका छन् । त्यस्तै बैठकले जिल्ला संयोजक देवेन्द्र पाण्डेकै संयोजकत्वमा धनेश्वरी चौधरी र सबै स्थानीय तहका एकएक जना प्रतिनिधि रहने गरी आर्थिक समिति गठन गरेको छ ।

वैठकले स्थानीय निर्वाचनको घोषणापत्र तयार गर्न रुपन्देही संयोजक यज्ञ पोखरेललाई जिम्मेवारी दिएको छ । त्यस्तै वैठकले चैत २१ गते शान्तिपूर्णरुपमा निर्वाचन कार्यालय घेराउ कार्यक्रममा प्रहरी दमनमा परी घाइते भएका पार्टी नेता गोविन्द केसीसहितका नेता कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।