
भैरहवा, २६ चैत । नेपाल ब्युटिसियन संघ शिद्धार्थनगर रुपन्देहीको पहिलो अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले सघंकी संस्थापक अध्यक्ष पल्लवी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ ।
जसको उपाध्यक्षमा सपना रेग्मी, सचिवमा अमृता उप्रेती, सह सचिवमा माया लामा तामाङ्ग, कोषाध्यक्षमा मिना पन्थि रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता राना, सगिंता खत्री क्षेत्री, नानुमाया सुनार, पुनम शर्मा न्यौपाने, मनमाया नेपाली, एलीजा खड्का, रिचा रिजाल, कमला पन्थ र पुष्पा कार्की रहेका छन् ।
संघकी अध्यक्ष न्यौपानेको सभापतित्व, जिल्ला कोषाध्यक्ष केसरी पाण्डेको संचालनमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले ब्युटीपार्लर पेशाले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर हुन ठुलो सहयोग पुर्याएको बताए । यो पेशा सुन्दरतासगं जोडीएको हुनाले थुप्रै चुनौती रहेको भन्दै उनले ब्यबसायीक दक्षतानै यसको सफलताको आधार भएको बताए ।
नेपाल ट्रेड युनियन रुपन्देहीका अध्यक्ष काजीमान श्रेष्ठले ब्युटीसियन ब्यबसायलाई हेर्ने दृष्टीकोणमा समाजमा सुधार आएको भन्दै अव सुन्दरता सवैकोलागि आवश्यक रहेको औल्याए । कार्यक्रममा सघंकी केन्द्रीय उपाध्यक्ष शान्ता शर्मा, जिल्ला सचिव अनीता खत्री, नेपाल प्रेस युनियन रुपन्देहीका सहसचिव श्यामशंकर पाण्डे, बरिष्ठ ब्युटीसियन शान्ता जिसी, सघंकी बुटवल नगर अध्यक्ष बिष्णु थापा लगायतले मन्तब्य राखेका थिए ।