नयां नेतृत्व चयन

1.3K

नयां नेतृत्व चयन

बुटवल, २६ चैत । नेपाल आदिवासी जनजाति महासंघ शुद्धोधन गाउं परिषद्को अधिवेशन नयां नेतृत्व चयन गरि आज साविक मानपकडीमा सम्पन्न भएको छ ।

अधिवेशनले क्या.बलिराम थापामगरको अध्यक्षतामा १५ सदस्यीय नयां कार्यसमिति चयन गरिएको हो । महासंघको उपाध्यक्षमा फुलकुमारी थारु, सचिवमा श्याम थारु, सहसचिवमा यमबहादुर घर्तिमगर, कोषाधयक्षमा भीमबहादुर छहरीमगर र सदस्यहरुमा चमेली चौधरी, कृपाल थारु, रोहीणी चौधरी, गोमा थापा, पवित्रा बुढाथोकी, पुष्यराज थारु, भीमबहादुर गुरुङ, निरबहादुर राना, जितबहादुर चौधरी, भीमबहादुर पल्ली रहनुभएको छ भने सल्लाहकारमा चन्द्रभान चौधरी, दुर्गाप्रसाद थारु, मानबहादुर बुढोथोकी रहनुभएको छ ।

यसअघि अधिवेशनको उद्घाटन गदैं नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्यालले आदिवासी जनजातिको अहधिकार र पहिचानको लडाई जारी रहेकाले त्यसमा लाग्न सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा एमालेका दुर्गा थारु, माओवादी केन्द्रका गोबिन्द चौधरी लगायतले बोल्नुभएको थियो । महासंघका अध्यक्ष क्या.बलिराम थापामगरको अध्यक्षता, रोहीणी थारुको सञ्चालन तथा बलबहादुर थापामगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।