
बुटवल, २७ चैत । आसन्न स्थानीय तहको निर्वाचनका विषयमा नेपाली काँग्रेस क्षेत्र नम्वर ४ रुपन्देहीले पार्टीका शुभेच्छुक वकिल, प्रध्यापक तथा पत्रकारहरुसंग राय सुझाव संकलन गरेको छ । क्षेत्रिय सभापति हरि लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरुले पार्टीको संगठनात्मक अवस्था, निर्वाचनको रणनीति, उमेदवार लगायतका विषयमा सुझाव दिएका थिए ।
सो अवसरमा सभापति लम्सालले लामो समयपछि हुन लागेको निर्वाचनले जनताको घर घरमै अधिकार पु¥याउने भएकोले निर्वाचन सफल बनाउन लाग्न सबैलाई आग्रह गर्नु भयो । नगर सभापति खेलराज पाण्डेले पार्टीको पक्षमा निर्वाचनको परिणाम पार्नका लागि लाग्न आग्रह गर्नु भयो । कार्यक्रममा पार्टीका नेताहरु युवराज गिरी, उदयराज काफ्ले, राधेश्याम राजभण्डारी, क्षेत्रीय सचिव परमानन्द भट्टराई लगायतले निर्वाचनमा सकारात्मक सहयोगको आग्रह गर्नुभयो ।
सो अवसरमा प्राध्यापकहरु आनन्दमानसिंह शाक्य, प्राध्यापक डा. नारायाण कंडेल, नुरजंग केसी, लक्ष्मण कार्की, कानुन व्यवसायी रामजी ज्ञवाली, गोकर्ण बञ्जाडे, पत्रकारहरु खिमानन्द भट्टराई, रामराज पोख्रेल, भवानी प्रसाद पाण्डे, बिक्रम खड्का, कविन्द्र नेपाल लगायतले निर्वाचनको रणनीतिक योजनाका विषयमा सुझाव राख्नु भएको थियो । निर्वाचनको मिति नजिकिदै गर्दा काँग्रेसले सुझाव संकलन थालेको हो । अन्य सरोकारवालाहरुसंग पनि क्रमशः छलफल तथा सुझाव संकलन गरिने क्षेत्रिय सचिव जोगवहादुर खत्रीले जानकारी दिनु भयो ।