
बुटवल, २७ चैत । सबल नेपाल साप्ताहिक छैठौं बर्षमा प्रबेश गरेको छ । पत्रिकाले आईतबार पांचौ बार्षिकोत्सव मनाएको छ । सो अबसरमाबोल्ने बक्ताहरुले मोफसलमा रहेका मिडियाहरुले अबपत्रकारितामा नया आयाम थप्नुपर्ने र एजेन्डामा केन्द्रित हुनुपर्ने धारणा राखे ।
पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक अमृत पाण्डेयको अध्यक्षता तथा सम्पादक सन्जु पौडेलको संचालनमा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रीय सदस्य तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्सालले नेपालको पत्रकारिताको बिकास समय सापेक्ष भएपनि केहि कमी कमजोरीलाइ सञ्चाएर अघि बढ्नुपर्ने बताउनु भयो ।
सो अवसरमा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु बालकृष्ण चापागाईं, बिनोद पहाडी, डि.आर. घिमिरे, निबर्तमान अध्यक्ष शेरबहादुर केसी, अध्यक्ष यानेन्द्र जि.सी., लेखक तथा प्राध्यापक डा. बाबुराम ज्ञवाली, पत्रकारहरु बिक्रम खड्का, अमृत गिरी, श्याम पोखरेल, प्रकाश डुम्रे, भगवती पाण्डे, ओम पंगेनी,शुभेच्छुकहरु दीपक ढकाल, मानबहादुर के.सी., बिष्णु पोखरेल, पत्रिकाका सहसम्पादक दीपक न्यौपाने लगायतले बोल्दै मुलुकमा आएको परिवर्तन संगै पत्रकारिता क्षेत्रको जिम्मेवारी, चुनौती र दायरा बढेर गएको धारणा राखेका थिए ।
सोही अवसरमा बुटवलका पत्रकार कपिल ज्ञवालीलाइ ‘सबल नेपाल उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।ज्ञवालीलाईसबल नेपाल साप्ताहिकले स्थापना गरेको ५० हजार राशीको अक्षयकोषबाट ५ हजार १ सय १० रुपैंयां नगद सहित सम्मानपत्र प्रदान गरिएको हो ।