
भैरहवा, २८ चैत । भोली हुने नेपाली कांग्रेसको आमसभाको पुर्वसन्ध्यामा आज तरुणदल शिद्धार्थनगरले भैरहवामा मोटरसाईकल ¥याली निकालेको छ ।
कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको ¥याली देवकोटाचोक, नयाँसडक, बुद्धचोक, ब्रमेलीटोल, नारायण स्थान, मिलनचोक, गल्लामण्डी हुदै सभास्थल हनुमानमन्दीर पुगेर समापन भएको थियो । सभालाई सफल पार्न प्रचार प्रसार गर्ने उदेश्यले ¥याली निकालीएको तरुणदल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुण सेतेले जानकारी दिए ।
¥यालीमा सहभागीहरुले नेपाली कांग्रेस जिन्दावाद, भोली गल्लामण्डी जाऔ आमसभा सफल पारौ जस्ता नारा लगाएका थिए ।