श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित

1.3K

श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित

बुटवल, २९ चैत । बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचन हुनु भएको छ ।

महासंघको आज सम्पन्न ६१ औं अधिवेशनमा जिल्ला नगरको तर्फबाट श्रेष्ठ निर्वाचित हुनु भएको हो । उहाँ सहित पाँच नंम्बर प्रदेशबाट ५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महासंघको आगामी कार्यकालकालागि सिद्र्धाथनगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद शर्मा, अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, घोराहीका पूर्व अध्यक्ष धर्मराज श्रेष्ठ (भारी) र नेपालगञ्जका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।