विश्वराज खनाल स्मृति पुरस्कार प्रदान

1.3K

विश्वराज खनाल स्मृति पुरस्कार प्रदान

देवदह, १ वैशाख । स्थानिय तहको निर्वाचनले देशलाई समृद्धिको बाटोमा डो¥याउने हुदा निर्वाचन अपरिहार्य रहेको सांसद अव्दुल रज्जाकले बताउनु भएको छ । उहांले सहमतिको बाटोबाट नै समस्याको समाधान हुने हुदा राजनीतिक दलहरु एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल शिक्षक संघ देवदह नगर समितिको दोस्रो अधिवेशन तथा विश्वराज खनाल स्मृति सम्मान कार्यक्रममा बोल्दै उहांले उक्त कुरा बताउनु भएको हो । नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका सांसद रज्जाकले असन्तुष्ट पक्षलाई सहमतिको आधार ल्याएर स्थानिय तहको निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहांले आगामी ०७४ माघ भित्र तीनवटै निर्वाचन सम्पन्न गर्न नसके देश अस्थिरता तर्फ जाने भएकोले सम्पूर्ण राजनैतिक दलहरु सचेत भएर लाग्नु पर्नेमा जोड दिनु भयो । नेपाल शिक्षक संघ देवदह नगर समितिका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली कांग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री, देवदह नगर समितिका सभापति गुणाखर भूर्तेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका खेमानन्द ज्ञवाली, संघका जिल्ला सहसचिव यमलाल भट्टराई, क्षेत्रीय अध्यक्ष छविलाल अग्रहरी, पुरस्कार छनोट समितिका संयोजक झविन्द्रप्रसाद पाण्डे, प्रमोद खनाल, बिमला अर्याल लगायतले भनाई राख्नु भएको थियो ।

सोही अवसरमा शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउने लाई विश्वराज खनाल स्मृति पुरस्कार प्रदान गरिएको छ । सम्मानित हुनेहरुमा नखोईप्रसाद चौधरी, बिमला अर्याल, दुर्गाबहादुर क्षेत्री, केशव पराजुली, कुलबहादुर खवास रहनु भएको छ । त्यसैगरी संघलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी र सेवा निवृत्त शिक्षक, सल्लाहकाहरुलार्ई समेत सो अवसरमा सम्मान गरिएको थियो । संघका उपाध्यक्ष पुजा ढुंगानाको स्वागत र सचिव उमाकान्त अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।