मोर्चाद्धारा मेयर तथा उपमेयरको नाम सिफारिस

1.3K

मोर्चाद्धारा मेयर तथा उपमेयरको नाम सिफारिस

ललित पाण्डेय/
सैनामैना, ३ बैशाख । देशभक्त जनगणतान्त्रीक मोर्चा सैनामैना नगर कमिटिले मेयर तथा उपमेयरको लागि  सयुक्त रुपमा तीन जनाको नाम सिफारिस गरेको छ । मोर्चाले दल बहादुर छन्त्याल, एकदेव पौडेल र कमला गौतमको नाम सिफारिस गरेको हो ।

मोर्चाको सैनामैनामा आज बसेको बैठकले एक देव पौडेलको अध्यक्षतामा १७ सदस्यीय  मोर्चा गठन गरेको  छ ।  नव गठित समितिले सैनामैनाको सबै वडाहरुमा उम्मेरद्धारको छनोट  गर्नुको साथै मेयर उपमेयरको लागि सिफारिस गरेको हो । स्थानियतहको मिति नजिकिदै गर्दा मोर्चाले सैनामैना नगरपालिकामा चुनावी तयारी थालेको हो ।

जसको उपाध्यक्षमा दल बहादुर छन्त्याल, सचिबमा रेनुकान्त पौडेल, कोषाध्यक्षमा कमला गौतम , सह सचिबमा हरि ज्ञवाली लगायतको मोर्चा गठन गरेको छ । साथै आज बसेको भेलाले दल बहादुर छन्त्यालको संयोजकमा ५ सदस्यीय आर्थिक तथा ब्यवस्थापन समिति गठन समेत गरेको छ । त्यस्तै  कृष्ण कान्त शर्माको संयोजकमा ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।

सैनामैना नगर मोर्चाका अध्यक्ष एक देब पौडेलको अध्यक्षता , नेकपा क्रान्तिकारी माओबादी का केन्द्रिय सचिवालय सदस्य प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम लक्ष्मक्षकान्त पौडेल, केपी कुमार पौडेल, रेनुका पौडेल लगायतले बोलेका थिए । मोर्चाले आगामी स्थानियतहको निर्वाचनमा क्रान्तिकारी उपयोग गर्ने गरि कार्यकर्ता परिचालन गर्ने जनाएको छ ।