नेपालका उद्योग बैदेशिक रोजगारको प्रशिक्षण केन्द्र बन्यो

1.3K

नेपालका उद्योग बैदेशिक रोजगारको प्रशिक्षण केन्द्र बन्यो

बुटवल, ५ बैशाख । बुटवल उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा आज बुटवलमा औद्योगिक क्षेत्रमा जनशक्तिको आवश्यकता र व्यवस्थापन बिषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीका सहभागीहरुले नेपालको औद्योगिक क्षेत्र बैदेशिक रोजगारका लागि जनशक्ति प्रशिक्षण केन्द्रबनेको गुनासो गरेका थिए । संघका अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा श्रम कार्यालय बुटवलका प्रमुख हरिशरण चौलागाई, नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठ, संघका पुर्व अध्यक्ष जीवन प्रसाद वझा, अन्र्तराष्ट्रिय श्रम संगठनका प्रोजेक्ट कोर्डिनेटर सौ्ररभ जामेशी, संघका बरिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका परामर्शदाता डा. केशव बस्याल, महासंघका बरिष्ठ अधिकृत अजित गुप्ता र उर्जा दक्षता इकाइका प्रवन्धक मोहम्मद आवुल हसन खाले औद्योगिक क्षेत्रमा अहिले काम गरीरहेका जनशक्ति, औद्योगिक क्षेत्रमा जनशक्तिको आवश्यकता र उर्जाले पारेको समस्याका सम्वन्धमा कार्यपत्र प्रस्तु गर्नु भएको थियो ।