
भैरहवा, ६ बैशाख । रुपन्देही सदरमुकाम भैरहवामा सुविधायुक्त सपिङ्ग कम्प्लेक्स संचालनमा आएको छ । भैरहवाको मुख्य बजार नारायण पथमा सानु डिपार्टमेण्टल स्टोर्स प्रालि संचालनमा आएको हो ।
सात तले सुविधा युक्त भवनमा भैरहवाका समाजसेवी तथा ब्यबसायी सानु शर्माले उक्त कम्प्लेक्स संचालनमा ल्याएका हुन् । सवै सामान एउटै भवन भित्र उपलब्ध हुने भैरहवाको यो पहिलो सुपर मार्केट हो । भैरहवाबासीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै एउटै थलोमा बच्चा देखि प्रौढ सम्मका ग्राहकहरुलाई सन्तुष्टी प्रदान गर्ने उद्देश्यले ब्राण्डेड, गुणस्तरीय तथा आकर्षक सामानहरु कम्प्लेक्समा रहेको सचांलक शर्माले बताए ।
सात तले भवनमा सवै तलामा फरक फरक स्वदेशी तथा बिदेशी सामानहरु उपलब्ध हुने गरी पांच करोडको लागतमा सपिङ्ग कम्प्लेक्स सचांलनमा ल्याएको उनले बताए । लिफ्ट सहीतको उक्त कम्प्लेक्समा रेष्टुरेण्ट, पार्कीङ्ग समेत उपलब्ध छ ।