
बुटवल, ६ बैशाख । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले जिल्ला अध्यक्ष काजिमान श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको मेयरमा अंगाडी सार्न माग गर्दै नेपाली काँग्रेस रुपन्देहीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल ट्रेड युनियन रुपन्देहीको कार्यसमिति, बिभिन्न आवद्ध संस्थाका प्रतिनीधिको टोली पार्टी कार्यालय भैरहवा गई पार्टीका जिल्ला सचिव रामकृष्ण खाँणलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै सचिव खाँणले ट्रेड युनियनको भावनालाई पार्टीको बैठकमा राखेर छलफल गर्ने प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली काँग्रेस मजदुरहरुको जगबाटै स्थापित पार्टी भएकाले ट्रेड युनियनको भावनालाई कदर गर्ने बताउनु भयो ।
नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले यस अंगाडी नै जिल्ला अध्यक्ष श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको मेयर पदमा उम्मेद्वार बनाउन सर्वसम्मत रुपमा निर्णय गरेको थियो । नेपाल ट्रेड युनियन काँग्रेसले राज्यका बिभिन्न तहमा १० प्रतिशत मजदुरको प्रतिनीधित्व गराउन माग गर्दै आएको छ । नेपाली काँग्रेसको बिभिन्न तहमा क्रियाशिल मजदुरहरुलाई प्राथमिकता दिन पनि माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।