नेपालद्वारा पार्टी परित्याग

1.3K

नेपालद्वारा पार्टी परित्याग

बुटवल, १० बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य बाबुराम नेपालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

उहाँले पार्टीका नेताहरु पार्टीको सिद्धान्त तथा नीति प्रति विचलित भएको भन्दै सिद्धान्त र निष्ठाबाट विचलित हुने पार्टीमा नरहँदा नै वेस हुने भएकाले पार्टी परित्याग गरेको बताउनु भयो । उहाँले आफू सो पार्टीको सबै जिम्मेवारीबाट अलग रहेको घोषणा गर्दै प्रतिवद्ध भएर देशकाल र परिस्थिती अनुसार अंगाडी बढ्ने बताउनु भयो ।

उहाँले पार्टीमा आफूमाथि कुनै खालको आरोप नलागेको बताउँदै तत्कालै कुनै पार्टीमा जाने निर्णय नलिईसकेपनि कुनै पार्टीमा जाने सम्भावना रहेको बताउनु भयो ।