व्यूटिसियन संघमा राई

1.3K

व्यूटिसियन संघमा राई


सैनामैना, १० बैशाख । नेपाल व्यूटिसियन संघ रुपन्देही सैनामैनामा सीता राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । सैनामैनामा भएको नगर समितिको प्रथम अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मायाँ भट्टराई, सचिवमा मीरा शर्मा, सहसचिवमा मीना चौधरी र कोषाध्यक्षमा अञ्जु बंरेललाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा बिष्णु थापा, सुशिला बिक, सुनिता थापा, देवी गौतम, पार्वती गैरे, कमला गिरी, रोषनी राई, अञ्जु चौधरी, लक्ष्मी शर्मा, राधा भुसाल, मीना सुनार, सविता थापा, नीमा थापा, सलिना गौतम, सविता वस्ती र सरस्वती खत्री रहेका छन् । अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले मजदुरको हक अधिकारकालागि ट्रेड युनियन काँग्रेस संघर्ष गरिरहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सदस्य फणेन्द्र शर्मा, नेपाल व्युटिसिन संघ रुपन्देहीकी अध्यक्ष रेनु कर्माचार्य, नेपाल शिक्षक संघ रुपन्देहीका लालप्रसाद पंगेनी, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, नेपाली काँग्रेस सैनामैना नगर समितिका सभापति रामप्रसाद अधिकारी, राधा सींजाली, माया भट्टराई लगायतले भनाई राखेका थिए ।