कांग्रेसको सम्पर्क कार्यालय उद्घाटन

1.3K

कांग्रेसको सम्पर्क कार्यालय उद्घाटन

देवदह, ११ बैशाख । नेपाली कांगे्रस देवदह वडा न. १, २ र ९ मा निर्वाचन सम्पर्क पार्टी कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको एक कार्यक्रमका बिच नेपाली कांगे्रस रुपन्देहीका सभापति अब्दुल रज्जाकले उद्घाटन गर्नुभएको हो ।

सोही अवसरमा सभासद रज्जाकले पार्टी सम्पर्क कार्यालय स्थापना संगै स्थानिय निर्वाचनको सन्र्दभमा कार्यकर्ताहरु संगठित भई उम्मेद्वारलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । उहाले राजनीतिक सहमतिले मात्र देशको निकास निस्कने हुदा सम्पूर्ण राजनीतिक दलहरु एकजुट भएमा स्थानिय निर्वाचन सफल हुने बताउनुभयो ।

उहाले नेपाली कांगे्रसले विकासका सबै योजनाहरु समेट्ने भएकाले स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं १ राजावारीमा वडा उपाध्यक्ष भोला पंगेनीको अध्यक्षता, वडा नं २ ढेकावरमा वडा अध्यक्ष दिपक लम्सालको अध्यक्षता, र वडा नं ९ घोडाहामा वडा अध्यक्ष कपिल गौतमको अध्यक्षतामा निर्वाचन पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा नेपाली कांगे्रस क्षेत्रीय सभापति हिरा बहादुर खत्री, महासमिति सदस्य जीवलाल पराजुली, पार्वती न्यौपाने जिल्ला सदस्यद्धय दुर्गाबहादुर राना, बासुदेव रिमाल, नगर सभापति गुनाखर भूर्तेल लगायतको सहभागिता रहेको थियो ।