बुटवलमा ओमको ४१ औं शाखा

1.3K

बुटवलमा ओमको ४१ औं शाखा

बुटवल, १५ बैशाख । पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले ४१ औं शाखाको रुपमा बुटवलमा शाखा स्थापना गरेको छ । उक्त शाखाको आज एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका निर्देशक रेवतीप्रसाद नेपालले उद्घाटन गर्नुभयो । शाखा कार्यालयको उद्घाटन गर्दै निर्देशक नेपालले गरीव तथा विपन्न ग्रामीण जनतालाई बैंकिङ् पहुँचमा पु¥याउन आग्रह गर्नुभयो ।

उहाँले बिकास बैंकले मुलुकमा ४० देखि ४२ प्रतिशतको बैंकिङ् योगदान पु¥याएको उल्लेख गर्नुभयो । बैंकिङ् क्षेत्रमा रुपन्देही काठमाण्डौ पछिको हवको रुपमा बिकास भएको र खराव कर्जा पनि एकदमै न्यून रहेकाले बैंक तथा बित्तिय संस्थाहरुलाई ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो । बैंकका अध्यक्ष सुशिलकुमार गोशलीले प्रतिस्पर्धात्मक रुपमा उक्त बैंकले सेवा प्रवाह गर्ने बताउनु भयो । बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी उपनिर्देशक कमला दिदी, बैंकिङ् एशोसियशनका प्रकाश पौडेल, बैंकका बुटवल शाखाका प्रवन्धक अर्जुन ज्ञवाली, पुष्पलाल टोल समितिकी तिला पाण्डे लगायतले भनाई राख्नुभएको थियो । सोही अवसरमा बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै जेहेन्दार बिद्यार्थीलाई दिनेगरी लुम्बिनी बाणिज्य क्याम्पसमा छात्रबृत्ती घोषणा गरेको छ । क्याम्पसको सिफारिसमा परेका एक जना बिद्यार्थीलाई वार्षिक शुल्क भुक्तानी गरिने बैंकले जनाएको छ । त्यस्तैगरी स्वरोजगार व्यबसाय गर्दै आएका बुटवलका १० जना ई–रिक्सा चालक महिलालाई पनि दोसल्ला ओढाएर सम्मान गरेको छ ।