
बुटवल, १६ बैशाख । रुपन्देहीमा क्रियाशिल दुई व्यबसायिक संस्था एक भएका छन् । निर्माण सामाग्रिहरुको व्यबसाय गर्ने व्यबसायीहरुको संस्था सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघ र रुपन्देही हार्डवेयर व्यबसायी संघ आज बुटवलमा एकता भेलाको आयोजना गरि एक आपसमा एकिकरण गरिएको हो ।
एकता भेलामा साविक रुपन्देही हार्डवेयर व्यबसायी संघका अध्यक्ष सुनिल मरासिनी र सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघका अध्यक्ष मधुसुधन आचार्यले व्यबसायिक एकतामा बल हुने महसुस गरि एकिकरण गरिएको बताउनु भयो । दुई संस्था एकिकरण पछि संस्थाको नाम अव रुपन्देही सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघ हुने छ भने संस्थाको बिधान साविक रुपन्देही हार्डवेयर व्यबसायी संघको कायम गरिएको छ । दुबै संस्थाको सम्पत्ति र दायित्व एकिकृत संस्था रुपन्देही सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघमा रहने प्रस्ताव भेलाले अनुमोदन गरेको छ ।

भेलामा बोल्दै व्यबसायी बेधानिधि रिजालले अहिले हार्डवेयर व्यबसायी ठूलो समस्यामा रहेको र समस्या समाधानकालागि व्यबसायिक एकता अपरिहार्य रहेको बताउनु भयो । उहाँले सत्ता सञ्चालन गर्ने सरकार र उत्पादकहरु व्यबसायिक प्रति सकारात्मक नरहेको बताउँदै हार्डवेयर व्यबसाय गर्ने व्यबसायीको भविष्य राम्रो नदेखिएको हुँदा व्यबसायलाई मर्यादित बनाउन र व्यबसायीहरु एकाकार हुन उहाँले आग्रह गर्नुभयो । त्यस्तै व्यबसायी विचमा अस्वस्थ्य प्रतिस्पर्धा रहेकाले व्यबसायिक समस्या बढ्दै गएको उल्लेख गर्दै उहाँले स्वच्छ व्यबसाय गरेर मर्यादित बन्न पनि व्यबसायीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष नारायण पोखरेल, नेपाल निर्माण विक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष रामचन्द्र पाण्डे, अधिवक्ता महेन्द्र पाण्डे, मणी रुङ्गाटा, महाविर अग्रवाल लगायतले भनाई राख्नुभएको थियो । सोही भेला पछि भएको अधिवेशनले आगामी कार्यकालकालागि साविक रुपन्देही हार्डवेयर व्यबसायी संघका अध्यक्ष सुनिल मरासिनीलाई अध्यक्ष पदमा निर्बिरोध निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा राजेश खरेल, प्रथम उपाध्यक्षमा वेधानीधी रिजाल, द्वितीय उपाध्यक्षमा विष्णुबहादुर बराल, महासचिवमा शिवप्रसाद बस्याल, सचिवमा शैलेन्द्रराज अमात्य र कोषाध्यक्षमा धर्मराज आचार्य निर्बिरोध निर्वाचित हुनु भएको हो ।

त्यस्तै २५ सदस्यीय समितिको सदस्यहरुमा रामु भण्डारी, निर्मल शर्मा, फर्सुराम पन्त, केशव सुवेदी, अनुप भट्टराई, मोहम्मद एजाज इराकी, अर्जुन कार्की, रमेशप्रसाद नेपाल, राममुर्ति महतो, षडानन्द शर्मा, रामप्रसाद अर्याल, ज्ञानेन्द्र कार्की, पृयबन्धु न्यौपाने, मणीप्रसाद पराजुली, हिमलाल चापागाई र मणी पंगेनी सर्वसम्मत रुपमा निर्वाचिन हुनु भएको छ । त्यस्तै लेखा समितिको संयोजकमा हरिबहादुर थापा तथा सदस्यहरुमा राजेश कार्की र मिनप्रसाद भट्टराई निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक अधिवक्त महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।