‘कांग्रेस नै देशको मुहार फेर्ने पार्टी’

1.3K

‘कांग्रेस नै देशको मुहार फेर्ने पार्टी’


देवदह, २४ वैशाख । नेपाली कांगे्रस देवदह नगरसमितिको १७ औ नियमित बैठक सम्पन्न भएको छ । बैठकमा बोल्दै नेपाली कांगे्रसका क्षेत्रीय सभापति हिराबहादुर केसीले स्थानिय तहको निर्वाचनमा नेपाली कांगे्रसलाई पहिलो पार्टी बनाउन सम्पूर्ण कार्यकर्ता, शुभेच्छुकहरु एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहांले नेपाली कांगे्रस नै देशको मुहार फेर्ने पार्टी भएकाले नेपाली कांगे्रसलाई जिताउने गरी लाग्न सबैलाई आग्रह गर्नुभयो । नगर सभापति गुनाखर भूर्तेलको सभापत्विमा भएको बैठकमा महासमिति सदस्य जीवलाल पराजुली, पार्वती न्यौपाने, महाधिवेशन प्रतिनिधि भगवति गैरे, रामकृष्ण पौडेल, जिल्ला सदस्यद्धय दुर्गाबहादुर राना, बासुदेव रिमाल, क्षेत्रीय सदस्य मिना पौडेल, लक्षु न्यौपाने लगायतले भनाई राखेका थिए ।

साथै बैठकले स्थानिय तहको निर्वाचनमा देवदह नगरपालिकाको लागि पार्टीको घोषणा पत्र तयार गर्ने निर्णय गरेको छ । सोहीअनुरुप अर्जुन पोखरेलको संयोजकत्वमा घोषणा पत्र तयारी समिति गठन गरेको छ जसको अन्य सदस्यहरुमा यमलाल भट्टराई, डिल्लीराज मरासिनी, इश्वरीप्रसाद ढुगांना, झविन्द्र पाण्डेय, ईश्वरी पौडेल, बाबुराम बस्नेत, नाथु चौधरी, नेत्र रिजाल र शंकर गिरी रहनुभएको छ ।

त्यसैगरी बैठकले नेपाली कांग्रेसका क्रियाशिल सदस्य स्वर्गिय हरिप्रसाद तिवारीको यहि बैशाख १७ गते ७५ वर्षको उमेरमा भएको अशामाहिक निधनप्रति शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ । बैठक नगर सचिव यमलाल भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।