
बुटवल, २६ बैशाख । सनराइज बैकको आयोजनामा बुटवलमा साना तथा मझौला व्यवसायीहरुका लागि एक दिने लेखा तथा राजश्व तालिम सम्पन्न भएको छ ।
बुटवल तथा आसपासका करिव २ सय व्यवसायीहरुको सहभागिता रहेको तालिममा एस आर पाण्डे एण्ड कम्पनीका सिए अरुणकुमार राउतले उद्यमी तथा कर्मचारीको लेखापालमा हुने भुमिका, चालु पुजी व्यवस्थापन, उद्यमको आर्थिक अवस्थाको उतार चढाव, आयकर, भ्याट, अग्रिम कर, करको स्वघोषणा, कर छुट लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै बैकका बिभागीय प्रमुख हरिप्रसाद आचार्यले नेपालमा बित्तिय सस्थाबाट कर्जा प्रर्वाह र निक्षेप संकलनको अवस्था तथा व्यवसायिक क्षेत्रकालागि भएका व्यवस्थाहरु र शाखा प्रमुख राजेन्द्र घिमिरेले यस क्षेत्रमा बित्तिय सस्थाबाट भएको लगानीका सम्वन्धमा जानकारी गराउनु भएको थियो ।
यस अघि तालिमको उदघाटन गर्दै संघका अध्यक्ष महेशमान सिंहले बैकले व्यवसायीलाई लक्ष्यित गरेर सञ्चालन गरेको तालिम उपयोगि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो पटक बैकहरुले महिना महिनामा ब्याजदर बढाएर व्यवसायीलाई त्रसिद बनाएकाले त्यस्तो कार्य रोकेर कम्तीमा ६ महिना ब्याज नबढ्ने पुरानो नीति कार्यान्वयन गर्न आग्रह गर्नुभयो । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले बैक तथा बित्तिय संस्थाले लाभलाई प्राथमिकता दिइरहेको परिस्थितिमा यस्तो तालिम आयोजना गर्नु सकारात्मक भएको बताउनु भयो ।उहाँले व्यवसायिक वातावरण श्रृजना गर्न बित्तिय सस्थाको भुमिका पनि महत्वपुर्ण हुने बताउनु भयो ।
संघका पुर्व अध्यक्ष नवराज श्रेष्ठले उद्योग व्यवसायको बिशिष्टिकरण र आर्थिक सुदेृढिकरणको प्रमुख आधार नै लेखा वयवस्थापन भएकाले साना तथा मझौला व्यवसायीले बढी लाभ लिन लेखा व्यवस्थापनमा बिशेष ख्याल गर्नुपर्ने बताउनु भयो ।