
देवदह, २७ वैशाख । रुपन्देहीको देवदह –६ पिपलडा“डामा विद्युत सर्ट हुदा परालको टौवा जलेर नष्ट भएको छ । स्थानिय रुद्रलाल गौतमको घरको टौवामा ना ७ ख ३६२ नं को ट्रकले बिजुलीको तारमा ठक्कर दिएपछि विद्युत सर्ट भएर आगलागि भएको हो ।
ट्रकले ठक्कर दिदा सोही स्थानमा रहेको टेलिफोनको तार टुटेको र बिजुलीको पोल पनि भाचिएकोले करिब एक लाख बराबरको नोक्सानी भएको देवदह प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक शत्रुधन उपाध्यायले बताउनुभयो । आगो बुटवलबाट आएको दमकल र स्थानियबासी र प्रहरीको सहायताबाट निभाउन सफल भएको उपाध्ययले बताउनुभयो ।
उता बिजुलीको तार राम्रोसंग व्यवस्थापन नभएको, तार झुन्डिएकाले बिद्युत सर्ट हुन पुगेको स्थानियबासी हिरा चापागाईले बताउनुभयो । बिद्युत कार्यालयमा गएर पटक–पटक बिजुलीको तार व्यवस्थापन गर्न आग्रह गर्दा बिद्युत कार्यालयले तार व्यवस्थापनमा कुनै चासो नदेखाएको उहाले बताउनुभयो ।