‘देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ’

1.3K

‘देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ’


देवदह, २७ वैशाख । देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै लाग्नुपर्ने नेपाली कांगे्रस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताएका छन् ।

उनले भगवान गौतम बुद्धको मावली स्थल देवदहमा रहेका बुद्धसंग सम्बन्धित स्थलहरुको उत्खनन् गरेर पर्यटक भित्र्याउन सकिनेमा जोड दिए । २५६१ औ बुद्ध जयन्तिको अवसरमा बुद्ध मावली सामुदायिक वन समुहले आयोजना गरेको बुद्ध जयन्ति विशेष समारोह कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । सांसद अब्दुल रज्जाकले देवदहलाई चितवनको सौराहा जस्तै पर्यटकीय नगरीको रुपमा विकास गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा बोल्दै नेपाली कांगे्रसका क्षेत्रीय सभापति हिरा बहादुर केसीले देवदहको विकासको लागि देवदह विकास कोष स्थापना गर्न आवश्यक रहेको बताए । कार्यक्रममा समुहका अध्यक्ष गोविन्द क्षेत्री, नेपाली कांगे्रसका जिल्ला सदस्य बासुदेव रिमाल, नेकपा एमालेका जिल्ला सदस्य यम राना, मायादेवी पार्कका संस्थापक अध्यक्ष हरि केसी, कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास कोषका अध्यक्ष चन्द्रबहादुर, नेपाली कांगे्रसका प्रतिनिधि प्रमोद खनाल, देवदह नगरपालिका विष्णु पोखरेल, समुह सचिव विष्णुमाया घिमिरे, माया राना लागयतले भनाई राखेका थिए । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।