दीपमा रक्तदान

1.3K

दीपमा रक्तदान

बुटवल, ३० वैशाख । बुटवल–८ सुख्खानगर स्थित दीप बोर्डिङमा आज रक्तदान कार्यक्रम भएको छ । इन्ट्रयाक्ट क्लव अफ दीप बोर्डिङ र स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेको क्लवका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

स्वयंसेवी रक्तदाता समाजको ५० औं नियमित रmदान कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार केन्द्र बुटवलले प्राविधिक सहयोग पु¥याएका थिए । स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दीप बोडिङ् हाइ स्कुलका प्राचार्य टीकाराम न्यौपानेले जीवनकै उत्कृष्ठ दान रक्तदान भएकोले विद्यालयले सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर गरिरहेको बताउनुभयो ।

दीप बोर्डिङका उप प्राचार्य तथा स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष सुरेन्द्र कुमार शाक्यको स्वागतमा भएको कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेले गर्नुभएको थियो ।