दीपमा शिक्षक तालीम

1.3K

दीपमा शिक्षक तालीम

बुटवल, ३१ वैशाख । बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलमा आज शिक्षकहरुको लागि तालीम प्रदान गरिएको छ । क्रियाकलापमा आधारित सिकाइ कार्यक्रम नामक तालीममा प्रयोगात्मक तथा खेलको माध्यमबाट बालबालीकालाई कसरी सिकाउने भन्ने विषयमा जानकारी गराइएको थियो ।

शैक्षिक अभियन्ता फाउन्डेशनका अध्यक्ष अर्जुन भट्टले मुख्य रुपमा सहजिकरण गर्दै शिक्षण सिकाई क्रिर्याकलापलाई मनोरञ्नपूर्ण तथा उपलब्धिमूलक बनाउने तरिकाहरुका बारेमा प्रयोगात्मक कक्षा सञ्चालन गर्नु भएको थियो । यस्तै अर्का प्रशिक्षक लाइफ कोचिङ एकेडेमीका अध्यक्ष डि. आर. दाहालले वालमनोविज्ञान र विद्यार्थीहरुलाई पढाइप्रति अकार्षित गर्ने तरिकाहरुबारे चर्चा गर्नुभयो ।

विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले शिक्षक सवल भएमा मात्र विद्यार्थीले सवल र सक्षम हुने मौका पाउने भएकोले यस प्रकारको प्रयोगात्मक तालीम सञ्चालन गरिएको र आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । विद्यालयका करीव १ सय ५० जना शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन दिनेश खड्काले गर्नुभएको थियो ।

सोही अवसरमा विद्यालयमा आएका नयाँ शिक्षक तथा कर्मचारीलाइ स्वागत गरिएको थियो भने लामो समय कार्यरत रहेर अवकाश लिएका कर्मचारी नारायण अर्याललाई विदाइ गरिएको थियो ।