महिलाका लागि सीपमूलक तालिम

1.3K

महिलाका लागि सीपमूलक तालिम

बुटवल, १ जेठ । शंकरनगरका २५ जना महिलाका लागि सीपमूलक तालिम सञ्चालन गरिएको छ । गृहणी महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने उद्वेश्यले तीन दिने उद्यमशीलता तथा १५ दिने झोला बनाउने तालिम सञ्चालन गरिएको हो ।

शंकरनगर सामुदायिक वनले आयोजना गरेको उक्त सीपमूलक तालिम सोमबारदेखि सञ्चालन भएको छ । तालिमको एक कार्यक्रमबीच जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख रोमराज लामिछानेले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै वन कार्यालयका प्रमुख लामिछानेले तालिममा सिकेका सीपलाई व्यवहारमा ल्याउन आग्रह गर्नुभयो । वनको आर्थिक लगानीमा सञ्चालन भएको तालिमलाई अवसरको रुपमा ग्रहण गर्नसमेत उहांले आग्रह गर्नुभयो ।

सामुदायिक वनका अध्यक्ष राम गिरीको अध्यक्षता, उपाध्यक्ष रबिन्द्र बस्नेतको स्वागत र सचिव ईन्दु थापाको संचालनमा भएको कार्यक्रममा शंकरनगर ईलाका वन कार्यालयका अधिकृत गिरिप्रसाद गैरे, शंकरनगर सामुदायिक वनका पे्रस सल्लाहाकार खिमानन्द भट्टराई लगायतले बोल्दै सीपले महिलाहरुलाई स्वरोजगार बनाउने हुंदा तालिमलाई अवसरका रुपमा लिएर तालिममा सिकेका कुरालाई ब्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।