
देवदह, ३ जेठ । रुपन्देहीको देवदह –१० भलुही बढेरीडा“डामा आगलागि हुदा एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । स्थानिय पार्वती बुढामगरको घर जलेर नष्ट भएको हो ।
सोही घरमा बिगत केही वर्षदेखि सुकबहादुर नेपाली र पुनम नेपाली गरी ५ जनाको परिवार भाडामा बस्दै आएका थिए । घटना हुदा करिब ४ लाख बराबरको क्षति भएको देवदह प्रहरी चौकीका साहायक प्रहरी निरिक्षक शत्रुघन उपाध्ययले बताए । घरमा रहेका २ दम्पत्ति मजदुरी गर्न गएको र छोराछोरी स्कुल पढ्न गएको बेला सो घटना घटेको पीडित सुकबहादुर नेपालीले बताए ।
घरभित्र रहेको ८० हजार रकम, २ तोला सुन, भाडाकुडा, लत्ताकपडा सबै जलेर खरानी भएको उनले बताए । घरमा ८० वर्षकी बुढीआमा मात्र रहेको र उनले खाना पकाउदै गरेको अवस्थामा आगो लागेको हुन सक्ने स्थानिय हरि बिकले बताए । आफुले ऋण तिर्नको लागि जसोतसो मजदुरी काम गरेर जम्मा गरेको ८० हजार रकम जलेर खरानी भएको पीडित दम्पत्तिले दुखेसो ब्यक्त गरे ।
उता घरधनी पार्वती बुढामगर घर भाडामा दिएर आफु सुनौलीमा बस्ने गरेको स्थानियबासीले बताएका छन् । सोहीक्रममा पीडित पक्षलाई थोरै भएपनि राहत महशुस होस् भनेर देवदह जेसीसले केही रकम सहयोग गरेको छ । पीडित दम्पत्तिलाई देवदह जेसीसका संस्थापक अध्यक्ष विजय गुरुङले राहत स्वरुप १७ हजार ४ सय ५० रकम प्रदान गरेका छन् ।
त्यसैगरी नेपाल रेडक्रस देवदह शाखाले पनि राहत स्वरुप आवश्यक खाद्यन्न, लत्ताकपडा र भाडाकुडा प्रदान गरेको शाखाका अध्यक्ष गोपाल ढकालले बताए । त्यसैगरी सोही स्थानका मानिसहरु मिलेर करिब १६ हजार जति रकम संकलन गरेर सहयोग गरेको स्थानिय हरि बिकले बताए । त्यसैगरी सुवास सुनचादी पसल देवदहले पनि २ हजार रकम सहयोग गरेको बताइएको छ ।