
बुटवल, ७ जेठ । तिलोत्तमा नगरपालिका वडा न ९ मा रहेको गौतमबुद्ध उच्च मावीमा नेपाल विद्यार्थी संघ ईकाइ समिति गठन गरिएको छ । नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खांणको आतिथ्यतामा भएको भेलालले कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा मान वहादुर जिसी र दिपा विक सचिवमा तुल्सी बस्याल, सहसचिवमा सुरज चौधरी, कोषाध्यक्षमा देवी चौधरी, सहकोषाध्यक्षमा समिर सुवेदी रहेका छन् । सो अवसरमा बोल्दै प्रुमख अतिथि खांणले क्याम्पस बढ्न थालेका विद्यार्थीहरुमा राजनीतिक चेतना आवश्यक रहेको बताउनु भयो ।
उहांले शिक्षित युवाहरु राजनीतिमा प्रवेश नगरेसम्म नेपालको राजनीतिमा सुद्धिकरण नहुने समेत बताउनु भयो ।सो अवसरमा नेपाली कांग्रेसका नेता याम वहादुर खत्री, राममणि क्याम्पसका ईकाइ सभापती चिरञ्जीवि शस्याल, डिल्लीराज गैरे, नारायण पौडेल लगायतले बोल्नु भएको थियो ।